
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारी प्रा डा कल्याणी मिश्र त्रिपाठीले पाएकी छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपाठीलाई रजिष्ट्रारको जिम्मेवारी दिएका हुन् ।
उपकुलपति प्रा डा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त भएकी हुन् ।
डा मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी थिइन् ।

























