राष्ट्रियस्तरका प्रतियोगिता जित्ने खेलाडीलाई एभरेष्टको सम्मान

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार २०:१२

विराटनगर । ललितपुरमा आयोजित दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ गोल्ड मेडल जित्ने विद्यार्थी खेलाडी जिग्सन तामाङलाई विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेन्डरी स्कुलले सम्मान गरेको छ । स्कुलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

कक्षा ७ मा अध्ययनरत तामाङले ब्वाइज तर्फ ५० मिटर फ्री स्टाइल (एल.सी) मा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल जितेका थिए । उनलाई विद्यालयले नगद १० हजारसहित सम्मान गरेको हो । उनले ५० मिटर दुरी ००.३२.७६ मिनेटमा पुरा गरेका थिए ।

एभरेष्टकै कक्षा ९ की विद्यार्थी साक्षम बस्नेतलाई राष्ट्रिय स्तरको टेबल टेनिस डबल्स प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरेको छ ।

उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताइन् ।

दुबै जनालाई विद्यालयका प्राचार्य टिकाराम पुरीले खादा, टीका र नगद पुरस्कार प्रदान गरे ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य पुरीले यस्ता उपलब्धि हासिल गर्ने विद्यार्थी एउटा विद्यालयको मात्र नभई देशकै गहनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । अध्ययनका साथसाथै आफ्ना रुचि अनुसारका कृयाकलापमा पनि मेहनत गर्न सक्ने ब्यक्ति सफल हुने बताउँदै उनले भने, ‘यो उपलब्धिले खेलाडी विद्यार्थीको मात्रै हैन एभरेष्टको समेत इज्जत बढेको अनुभूति हामीले गरेका छौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.