एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार १२:०१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । अब बढीमा ३ साताभित्रमा नजिता सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको हो ।

बोर्डका अनुसार सम्भवतः असारको तेस्रो साता ‘रिटल्ट आउट’ गरिने छ । असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने नियमित तालिका थियो । शिक्षकहरुको २९ दिन लामो आन्दोलनका कारण समयमै उत्तरपुस्तिका परीक्षण हुन सकेन ।

शिक्षकहरु २०८१ चैत २० गतेबाट आन्दोलित बनेका थिए । आन्दोलनका कारण उत्तरपुस्तिका जाँचमा ढिलाइ हुँदा नतिजा सार्वजनिक गर्न समय लागेको बोर्डका परीक्षा नियन्त्रक डाक्टर गणेशप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अब उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ ।

उत्तरपुस्तिका परीक्षणपछि नतिजा इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी सार्वजनिक गरिने बोर्डले जनाएको छ । २०८१ चैत ७ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरेर जम्मा ४ लाख ९९ हजार १ सय ८३ परीक्षार्थी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.