
विराटनगर । विराटनगरमा रहेकाे अरनिको आवासीय माध्यमिक विद्यालयले राष्ट्रिय शिक्षा अवार्ड २०८२ प्राप्त गरेकाे छ । नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै फोकस नेपाल नामक संस्थाले अवार्ड प्रदान गरेकाे हाे ।
याे अवार्ड मन्त्रीपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले विद्यालयका प्राचार्य राजेश कार्कीलाई प्रदान गरे ।
उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै आएकाे अरनिकाेका विद्यार्थी राकेश कुमार साह र तेजस्वी आचार्यले गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ काे परीक्षामा समान ३.९६ जीपीए ल्याएर नेपाल प्रथम भएका थिए ।

























