कटहरीमा कांग्रेस सभापतिकाे मिटरब्याज धन्दा, वडाध्यक्ष पनि पीडित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार ११:२८

विराटनगर । कटहरी गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष जदुलाल कामतले आफूलाई मिटरब्याज मार्फत ठगी गरेकाे भन्दै गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध उजुरी गरेका छन् ।

गाउँपालिकाको पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस कटहरी गाउसमितिका वर्तमान सभापति कामतविरुद्ध उनले अनुचित लेनदेनमा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

Advertisement

जदुलाल कामतले साढे ६ कट्ठा जग्गा खरिद गर्दा पालिका तत्कालिन अध्यक्ष कामतसँग २१ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिनुअघि रामकुमारले जग्गा श्रीमतीको नाममा सारे । जदुलालले लिएको ऋण तिर्नका लागि रामकुमारलाई पटकपटक गरी ३५ लाख ५० हजार रुपैयाँ बुझाइसकेका छन् । तर रामकुमारले जग्गा फिर्ताका लागि अझै २३ लाख रुपैयाँ मागिरहेका छन् ।

‘रामकुमार कामतलाई विश्वास गर्दा मलाई रोडमा ल्याइदिए, जग्गामा सबै पैसा फस्यो, बैंकको ऋण छ,’ वडाध्यक्ष कामत भन्छन्,‘यति धेरै तनाव दिएको छ कि भनी साध्य छैन ।’

कामतले कटहरी– ३ को २०७४ सालमा साढे ६ कट्ठा जग्गा ६८ लाखमा खरिद गरेका थिए । जग्गा खरिद गर्दा उनलाई २० लाख रुपैयाँ पुगेन् । अपुग पैसा बद्री चौधरीले ऋण दिए । २० लाखको धितो बापत उनले जग्गा बद्रीको नाममा पास गरे । बद्रीले पैसा फिर्ता मागेपछि उनले तत्कालिन गाउँपालिका अध्यक्ष कामतसँग ऋण मागे ।

२०७४ सालमै श्रीमती रुणादेवी कामतको नाममा पास गरेर उनले २१ लाख रुपैयाँ ऋण दिए । ऋण तिरेपछि जग्गा फिर्ता गर्ने मौखिक सहमति जनाएका थिए । नाम सारी गरेको २० दिन भित्र उनले ७ लाख ५० हजार रुपैयाँ फिर्ता दिए ।

त्यसपछि २०७८ सालमा पटकपटक गरेर २८ लाख रुपैयाँ बुझाए । पैसा तिर्दा उनले रुणादेवीकै नाममा रहेको जग्गा पछि पास गरिदिने भन्दै अरुलाई बिक्री गरेका थिए ।

२० को ४० लिने भन्दै पालिका अध्यक्ष कामतले जग्गा फिर्ता दिएनन् । जग्गा फिर्ताका थप १३ लाख रुपैयाँ मागे । त्यसबेला जदुलाल पैसा दिन तयार भएनन् । पछिल्लो समय रामकुमारले जदुलाललाई अब २३ लाख दिए मात्रै जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

जदुलाल र रामकुमार दुवै नेपाली कांग्रेसका नेता हुन् । जदुलालले न्यायका लागि कांग्रेसको जिल्ला तहका सबै नेताको दौलो चहारिसके तर पार्टीका नेताहरुले उनको कुरा सुनेनन् । रामकुमारकै पक्ष लागे । ‘नेताहरुलाई भन्दा थाकिसके, पटक पटक गफ हुँदा उसले जग्गा फिर्ता गर्न मान्दैन,’ उनले भने,‘मलाई जे गर्न सक्छस् गर भन्दै धम्काइरहेको छ ।’

जताततै उजुरी

मिटरब्याज कारोबारी आरोपी रामकुमार कामतविरुद्ध जताततै उजुरी छ । जिल्ला प्रशासन कार्यालय मोरङमै दुई वटा उजुरी छ । कटहरी गाउँपालिकाको न्यायीक समितिमा दुई वटा उजुरी छन् । उच्च अदालत विराटनगरमा लिखत बदर मुद्दा पनि विचाराधीन छ ।

कटहरी गाउँपालिकाको न्यायीक समितिमा उनकी रुणाले आफ्नो जग्गामा बनाएको घर खाली गरी पाउ भन्दै निवेदन दिएकी छन् । गाउँपालिका उपाध्यक्ष  सीतादेवी राजवंशीका अनुसार पालिकामा परेका निवेदनमाथि छलफल जारी छ ।

रुणाले आफ्नो जग्गा खाली गर्न भन्दै माग गरेर दायर गरेको निवेदन जदुलालसँगको सहमतिमा जग्गा किनेर बसेका दुई परिवारविरुद्धको हो । जदुलालसँग जग्गा किनेर बसेकाहरु घरबार उठ्ने हो कि भन्ने चिन्तामा छन् ।

‘अध्यक्षको ऋण तिर्न जग्गा बेचे, जग्गा किन्नेले घर बनाएका छन्, त्यो घरजग्गा खाली गर्नु भन्दै रामकुमारले निवेदन दिएका छन्, छलफलमा कहिल्यै उनी आउँदैनन्, श्रीमती र छोरालाई पठाउँछन्,’ जदुलालले भने,‘ दुःख मात्रै दिइरहेका छन् ।’

२०७४ सालमा निर्वाचित पालिका अध्यक्ष रामकुमार कामतविरुद्ध कटहरी गाउँपालिका– २ की ५५ वर्षीय रामवती राजवंशीले मिटरब्याजको उजुरी दिएकी छन् । ८ लाख रुपैयाँ ऋण लिनका लागि उनले आफ्नो नामको ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।

लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो । आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले दिन मानेका छैनन । फिर्ता माग्दा उल्टै हप्कीदप्की गर्छन् । उनको उजुरीमा जिल्ला प्रशासन कार्यालयमा दुई पटक छलफल भएको छ ।

कांग्रेस नेता रामकुमार कामत भने आफूविरुद्ध चलखेल भइरहेको बताउँछन् । विवादरहित पालिकाको काम गरेको दाबी गर्दै उनले फेरि हुने चुनावमा दाबेदार भएका कारण विरोधीले चलखेल गरेको बताएका हुन् । जदुलाललाइ मिटरब्याजमा ठगी नगरेको उनको दाबी छ । रामकुमारको दाबी अनुसार जदुलालले उनकी श्रीमतीलाई जग्गा किनाइदिएका हुन् ।

जदुले पैसा दिएको कुनै प्रमाण नरहेको बताउँदै उनले प्रमाण भए देखाउन चुनौति दिए । ‘मान्छे बदनाम गर्न लागेकै छ, प्रमाण हेरेर गर्दा भइहाल्छ नि,’ उनले भने,‘ मेरो बुढियाको नाममा जदुले जग्गा किनाइदिएको हो ।’ आफ्नो जग्गामा घर बनाएपछि पालिकाको न्यायीक समितिमा निवेदन दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीका विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.