
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (१) का प्रदेश सांसद जीवन आचार्यले सुन्दरहरैँचा नगरपालिका–५ स्थित श्रीलाल आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी तथा समाजसेवी सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा आचार्यले शैक्षिक सामग्री बाँडेका हुन् । स्वः सीता आचार्यकी सासू हुन् ।
दाहाल परिवारका ज्वाइँ आचार्यले विपन्न परिवारका ७० विद्यार्थीलाई कापी, पेन्सिल, जुत्ता र मोजा वितरण गर्दै यस्ता सामाजिक कार्यले बालबालिकाको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने बताए । ‘स्मृतिमा सम्मान, सेवामा समर्पण’ भन्ने भावनासहित सम्पन्न कार्यक्रममा सीता दाहालको सेवाभाव र योगदानलाई नयाँ पुस्तामा प्रेरणा दिने प्रयास गरिएको माओवादीका युवा नेता कपिल सुनारले बताए ।

























