नयाँ विद्यार्थीका लागि अरनिको कलेजमा अभिमुखीकरण 

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १९:२८

विराटनगर । विराटनगरमा रहेको अरनिको कलेजले कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि शुक्रबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

कलेज परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका चर्चित उत्प्रेरक डा. तारा गिरीले कसरी पढ्ने भन्ने विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण गरे ।

उनले विद्यार्थीलाई विभिन्न विषयमा प्रस्तुतीकरण गर्दै सफलता कसरी प्राप्त गर्ने विषयमा उत्प्रेरित गरेका थिए ।
अरनिको कलेजको विज्ञान संकायमा २ हजारभन्दा बढीले प्रवेश परीक्षा दिएका थिए ।

तीमध्ये १ हजार १ सय जना विद्यार्थी उत्तीर्ण हुँदै भर्ना भएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विज्ञान संकायमा उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेकै कारण नेपाल, भारत, म्यानमारलगायत देशका विद्यार्थीहरूको रोजाइमा पर्न थालेको कलेजले जनाएको छ ।

प्रत्येक वर्ष मेडिकल तथा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा उच्च नतिजा निकाल्ने कलेजको प्रतिष्ठाका स्वदेश तथा विदेशका विद्यार्थीहरू कलेजमा पढ्न आएको बताइएको छ ।

कक्षा सुरु हुनुअघि नै विद्यार्थीलाई शैक्षिक वातावरण, पाठ्यक्रमको स्वरूप, समय व्यवस्थापन र प्रेरणा प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गर्दै आएको कलेजले जनाएको छ ।

सो अवसरमा असार १० गते कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने नितिशकुमार गुप्ता र मान्सी मण्डललाई ‘अरनिको प्रिन्सिपल छात्रवृत्ति’ प्रदान गरियो ।

२०८२ सालको एसईई परीक्षामा अरनिको माध्यमिक विद्यालयबाट प्रथम स्थान हासिल गरेका अग्रता डंगोललाई अरनिको कलेजले राजबहादुर–कमला कुँवर छात्रवृत्ति प्रदान गरेको छ ।

कक्षा ११ को त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मञ्जिला आजो, शुलभ न्यौपाने र अजय लिम्बूलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

कक्षा १२ को बोर्ड परीक्षामा पनि उच्च सफलता हासिल गरेको छ । कलेजका तेजबी आचार्य र राकेशकुमार साहले ३.९६ जीपीए ल्याएर बोर्ड टप गरेका थिए ।

हाल विज्ञान संकायमा २३ वटा कक्षा सञ्चालन हुने र साउन ५ गतेदेखि नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु हुने कलेजले जनाएको छ ।

त्यस अवसरमा विद्यार्थी नृत्यलगायतका सांस्कृतिक कार्यक्रमले प्रस्तुत गरेका थिए  ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.