
विराटनगर । मनमोहन इन्स्टिच्युट अफ लले भारतको पटनास्थित एमिटी विश्वविद्यालयसँग कानुनी अध्ययन र अनुसन्धानका लागि सहकार्य गर्ने सहमति गरेको छ । भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ लको टोलीले यस्ताे सहमति गरेकाे हाे ।
मनमाेहनबाट पुगेकाे टाेलीलाई एमिटी विश्वविद्यालयका प्रोफेसर राजिवरञ्जन झाको टोलीले स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो ।
भ्रमणका क्रममा औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युटका प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए ।
१ साउनदेखी एकहप्तासम्म ३७ जना विद्यार्थी र शिक्षकहरुको टोली पटना उच्च अदालतको प्रक्रिया र न्याय सम्पादनको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो ।
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंङिगक कलेज मनमोहन इन्स्टिच्युट अफ लले देशमै पहिलो पटक बीबीएएलएलबी र क्रिमिनल कानुनमा एलएलएम तहको कक्षा सञ्चालन गरिरहेको छ ।

























