गणित पढाउने शिक्षकको आवेदन परेन   

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ७, शनिबार १६:४०

विराटनगर ।  ताप्लेजुङको एउटा विद्यालयमा गणित विषयको शिक्षकका लागि ८ औँ पटक आवेदन खुलाइएको छ ।

ताप्लेजुङको मैवाखोलास्थित पार्टीडाँडा मावि फाकुम्बाले गणित शिक्षकका लागि यसअघि ७ औँ पटक सार्वजनिक विज्ञापन गर्दा कसैले पनि आवेदन नदिएपछि पुनः ८ औँ पटक आवेदन खुलाएको छ ।

Advertisement

विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद ठाकुरले भने, ‘गणित पढाउने शिक्षकको माग गरेर आवेदन सार्वजनिक गरे पनि कसैले निवेदन भरेनन् । ७ औँ पटक विज्ञापन खुलाउँदा समेत कसैले आवेदन (दरखास्त) नदिएपछि  विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार ८ औँ पटक शिक्षक आवश्यकताको विज्ञापन गरेका हौँ ।’

भदौ १३ गतेसम्म अन्तिम मिति राखेर ८ औँ पटक विज्ञापन खोलेको बताउँदै, प्रधानाध्यापक ठाकुरले भने, ‘अहिले १ जना सम्पर्कमा आउनु भएको छ । माध्यमिक तह तृतीय श्रेणीको गणित शिक्षक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने छ । मैवाखोला गाउँपालिकाले स्वीकृति दिएपछि विद्यालयले असार ५ गते पहिलो पटक सूचना प्रकाशित गरेको थियो ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.