अरनिको स्कुलले मनायो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस 

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १७:२५
अरनिको स्कुलले मनायो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस 

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार र शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने विद्यालयले जनाएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिन प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीले सांस्कृतिक कार्यक्रम, गीत, नृत्य, नाटकलगायत विभिन्न कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुति गरेका थिए ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीले शुक्रबार विभिन्न सांस्कृतिक कार्यक्रम गीत, नृत्य लगायतको कार्यक्रमको प्रस्तुतिपछि ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने विद्यालयका प्राचार्य राजेश कार्कीले जानकारी दिए ।

विराटनगर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए । सो अवसरमा शिक्षक शिक्षिका, अभिभाव, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.