रंगेलीको आदर्श माविमा ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २६, शनिबार ०७:३७

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा रहेको आदर्श माध्यमिक विद्यालयले आफ्नो ४१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।

शैक्षिक उपलब्धि, सिर्जनशीलता र विद्यार्थीको व्यवहारिक सिप प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवार, अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र समाजसेवीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । उत्सवको अवसरमा विद्यालयले आन्तरिक अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता, हस्तलेखन प्रतियोगिता तथा विविध सिर्जनात्मक गतिविधि सञ्चालन गरेको थियो ।

Advertisement

विद्यार्थीहरूले मःम, भक्का, पानीपुरीजस्ता स्थानीय तथा लोकप्रिय परिकारहरू आफैँ तयार गरी बिक्रीवितरणसमेत गरेका थिए । जसले उनीहरूमा उद्यमशीलता, सहकार्य र व्यवहारिक ज्ञानको विकासमा टेवा पुर्‍याएको देखिन्थ्यो ।

साथै, विज्ञान प्रयोगशालामा आधारित प्रयोगात्मक सामग्री तथा लोपोन्मुख वस्तुहरू संकलन गरी राखिएको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रमकी प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपप्रमुख भुमाकुमारी पराजुलीले सामुदायिक विद्यालयहरूमा स्थानीय सरकारको चासो र निगरानी बढ्दै गएको उल्लेख गर्दै यसले पठनपाठनको गुणस्तर र भौतिक पूर्वाधार दुवै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताइन् ।

विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख सालिग्राम दाहालले सामुदायिक विद्यालयको सुदृढीकरणमा शिक्षक, अभिभावक र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष रामचन्द्र मण्डलले विद्यालयको निरन्तर प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिश्वर सिंह मेवाहाङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, विद्यार्थी संख्या, शैक्षिक सुधारका प्रयास र भावी योजना बारे जानकारी गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र मण्डल, स्थानीय समाजसेवी मचिन्द्र कटुवाल, नेपाल शिक्षक संघ मोरङका अध्यक्ष विनोद यादव, नेपाल शिक्षक संघ रंगेलीका अध्यक्ष चिरञ्जीवी काफ्ले लगायतले विद्यालयको भूमिका र योगदानको प्रशंसा गरेका थिए ।

उत्सवका क्रममा विद्यालयका पूर्वशिक्षक तथा वर्तमान शिक्षकहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, मोफसलमा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय रहेर विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार रवीन्द्र बराललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमभर साना–साना बालबालिकाले प्रस्तुत गरेका नृत्य तथा सांस्कृतिक प्रस्तुतिले उपस्थित अभिभावक र अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । आदर्श माविको ४१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शैक्षिक उपलब्धि, सिर्जनशीलता र सामुदायिक सहभागिताको प्रभावशाली उदाहरणका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×