किड्स भिलेज स्कुलको १२ औँ वार्षिकोत्सव

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार २०:४०
विद्यार्थीको प्रतिभा झल्किँदै किड्स भिलेज स्कुलको १२ औँ वार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलले १२ औँ वार्षिकोत्सव विविध साँगीतिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । विराटनगरको आरोहण गुरुकुलमा आयोजित विशेष समारोहबिच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा बिहानदेखि दिउँसो २ बजेसम्म प्ले–ग्रुपदेखि युकेजीसम्मका साना बालबालिकाले गीत, नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । उनीहरूको उत्साहजनक प्रस्तुतिले अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

त्यसैगरी, दोस्रो चरणमा दिउँसो २ बजेदेखि साँझसम्म कक्षा १ देखि ६ सम्मका विद्यार्थीले आफ्नो साँगीतिक तथा सांस्कृतिक कला प्रस्तुत गरेका थिए । गीत र नृत्यमार्फत विद्यार्थीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले अहिलेको समयमा केवल किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीलाई असल नागरिक बनाउनु पर्नेमा जोड दिए ।

विद्यालयका प्रिन्सिपल विजय दाहालले किड्स भिलेज स्कुलले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा उजागर गर्न र आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रममा अभिभावक, शिक्षा प्रेमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.