धरानमा १ जनाको हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ३०, बुधबार ०६:०१

धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित पुण्य मार्गमा मंगलबार साँझ १ जनाको हत्या भएको छ ।

इलाका प्रहरी कार्यलय धरानमा डीएसपी भीषणबाबू राईका अनुसार धरान–११ का ३५ वर्षीय रुपक राईको हत्या भएको हो । खुकुरी प्रहारबाट रुपकको ज्यान गएको उनले बताए ।

Advertisement

साँझ ६ः३० बजेतिर खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुन्धानबाट ३३ वर्षीय रविन राईको खुकुरी प्रहारबाट रुपकको मृत्यु भएको पाइएको छ ।

खुकुरी प्रहार गर्ने रविन मृतक रुपकका मामाका छोरा रहेको प्रहरीले जनाएको छ । रविनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ । रविन र रुपकबीच के विषयलाई लिएर झगडा भएको थियो भन्ने यकिन हुन बाँकी रहेको र थप अनुसन्धानबाट घटनाको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.