पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा साह निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १७, बिहीबार १७:३९
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा साह निर्वाचित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा साह ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नवीन लामिछानेले ४४ मत प्राप्त गरे भने भूपेन्द्र बाह्रकोटीले २९ र डा. निरज मिश्रले १५ मत ल्याए ।
त्यस्तै, उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन थापाले ४६ र शंकरप्रसाद भण्डारीले ३४ मत प्राप्त गरे ।

Advertisement

संघको महासचिवमा डा. प्रसन्न दाहालले ८६ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी दुर्गाप्रसाद बास्तोला (दिपेश) ले ४७ मत प्राप्त गरे । सचिवमा ७३ मत ल्याएर पुकार चौधरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी दीक्षा पौडेलले ६० मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा प्रमीला सिन्हाले ६९ मत प्राप्त गर्दै विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी अविनाशकुमार मण्डलले ६३ मत प्राप्त गरे ।

यस अघि नै ८ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । खुला सदस्यमा रोहित शर्मा र भोलानाथ लुइँटेल निर्विरोध निर्वाचित भए । त्यस्तै, महिला सदस्यमा अस्मिता श्रेष्ठ, इन्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदनबहादुर थापा निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशील रेग्मी, शिक्षण अस्पतालबाट राकेशकुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप केसी र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोजकुमार मेहता निर्विरोध निर्वाचित भए ।

तपाइको प्रतिक्रिया
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव तीन दिनदेखि अस्पतालमै
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
इराकमा अमेरिकी र साउदी सेनाको आक्रमण, २० जनाको मृत्यु
सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, उच्च सतर्कता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×