जेभियर्स स्कुलको वार्षिकोत्सवमा विद्यार्थी सम्मानित

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १९:२१
जेभियर्स स्कुलको वार्षिकोत्सवमा विद्यार्थी सम्मानित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङ्ग्लिस स्कुलले  ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरीय परीक्षा, एसइई र हिसानको वार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ ।
कक्षा ८ को पालिका स्तरीय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एसईईमा छात्रतर्फ विजय पौडेल र छात्रातर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रातर्फ ललिता राजवंशी र छात्रतर्फ रोहन दाहाल उत्कृष्ट भएका थिए ।

Advertisement

उत्कृष्ट विद्यार्थीहरूलाई बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, विद्यालयका प्रिन्सिपल परेश पोखरेल, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत लगायतले सम्मानपत्र प्रदान गरे ।

त्यस्तै, दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मान गरियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मगरले गाउँपालिकाभित्रको शिक्षामा सुधार भएको बताए । उनले शिक्षामा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए । विद्यालय र अभिभावकबीच राम्रो समन्वय हुन सके शिक्षामा धेरै सुधार हुने उनको भनाइ छ ।  प्याब्सन मोरङका अध्यक्ष बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताए । अध्ययनसँगै विद्यार्थीमा सीप पनि आवश्यक रहेको उनले बताए ।

स्कुलका प्रिन्सिपल परेश पोखरेलले कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताए । उनले बुढीगंगाभित्र जेभियर्सले उत्कृष्ट शिक्षा दिइरहेको दाबी गरे । स्कुलका हरेक विद्यार्थी हरेक विधामा उत्कृष्ट रहेको सुनाए । उनले शिक्षासँगै सीप पनि विद्यालयले दिइरहेको बताए ।

स्कुलकी अध्यक्ष सरिताकुमारी राना मगरले गुणस्तरीय शिक्षाका लागि स्कुलले अहोरात्र काम गरिरहेको बताइन् । शिक्षक, अभिभावक, विद्यार्थी सबैको सहयोगका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको प्रस्ट्याइन् ।  कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायतका विभिन्न विधामा प्रस्तुति दिएका थिए । स्कुलमा ९५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×