अख्तियारको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार १७:०२
फोटो क्याप्सन : पत्रकार खिलानाथ ढकाललाई पुरस्कृत गरिँदै ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा ४ जना पत्रकार पुरस्कृत भएका छन् ।

नेपालन्युजका विशेष प्रतिनिधि खिलानाथ ढकाल, उकालो डटकमकी वरिष्ठ संवाददाता दीपा दाहाल, नेपाल समाचार पत्रका सहायक सम्पादक सुनील महर्जन र गोरखापत्र दैनिकका मुगु संवाददाता हरिकृष्ण ऐडी पुरस्कृत भएका हुन् । समाचार लेखनमार्फत् ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण’मा योगदान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुलाई बुधबार पुरस्कारसहित सम्मान गरेको हो ।

Advertisement

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले अख्तियारका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन् ।

सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा लेख–रचनामार्फत भूमिका खेलेको कदर गर्दै अख्तियारले दिपेश घिमिरेलाई पुरस्कृत गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.