पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु 

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार २०:२४
पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु 

विराटनगर । मोरङको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बिहीबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । ‘इनभिजिनिङ दि हिमालयन फ्युचर : पाथवे टु सस्टेनाबिलिटी एन्ड डिभलोपमेन्ट’ शीर्षकमा भएको सम्मेलनमा एक सय ९४ वटा अनुसन्धानमूलक लेखहरू समावेश छन् ।

कला, कानुन र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एन्ड हेल्थ साइन्ससहित ५ वटा विषयमा छलफल हुँदै छन् । सम्मेलनको उद्‌घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनको महत्वमाथि प्रकाश पारे । उनले यस्तो सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयहरुबीचको सम्बन्धमा ठुलो महत्त्व राख्ने बताए ।

बिहीबार ३ वटा प्लेनरी सेसन र एउटा टेक्निकल सेसन सञ्चालन भएका छन् । पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु. वालेसले मुख्य वक्ताको रूपमा थिए भने दोस्रो सत्रको मुख्य वक्ताको रूपमा चुलालोङकम विश्वविद्यालय थाइल्यान्डका प्राध्यापक डा. किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्यान्डका प्राध्यापक राफल लिजुट र नर्थ वेस्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज थिए ।

तेस्रो सत्रका प्रमुख वक्ताको रूपमा काठमाण्डौं विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा, बीएमएल युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एसिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्रप्रसाद पौड्याल थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिँदै सहभागी तथा अतिथिहरूको स्वागत गरे भने रजिस्टार प्राध्यापक डा. कल्याणी मिश्रले अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×