जनता माध्यमिक विद्यालयको अध्यक्षमा मनोजविक्रम शाह पुनः निर्विरोध चयन

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १, शुक्रबार ०८:५८
जनता माध्यमिक विद्यालयको अध्यक्षमा मनोजविक्रम शाह पुनः निर्विरोध चयन

विराटनगर । विराटनगर महानगरपालिका –२ मा रहेको ऐतिहासिक जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः मनोजविक्रम शाह चयन भएका छन् । विद्यालयको हालै सम्पन्न साधारणसभाले शाहलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

शाहको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा शाहले पुर्‍याएको योगदानको कदर गर्दै अभिभावक तथा सरोकारवालाहरूले उनलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएका हुन् ।

नयाँ गठित समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल रहेका छन् । त्यसैगरी, समितिको सदस्यहरूमा दिनेश राजवंशी, गोविन्दप्रसाद उराँव, भगवती बस्नेत, कविता राजवंशी र इन्दु सुवेदी चयन भएका छन् ।

यस्तै, समितिको पदेन सदस्यमा आशा राउत (वडा सदस्य) र शिक्षक प्रतिनिधिको रूपमा कमलदेव मण्डल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शाहले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयलाई नमुना बनाउन आफू सधैँ प्रतिबद्ध रहने बताए । विराटनगरको पुरानो र प्रतिष्ठित यस विद्यालयमा नयाँ कार्यसमिति चयन भएसँगै यसको थप विकास हुने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×