विराटनगरमा खुल्यो नयाँ कलेज, लगानी ७ करोड

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २, शनिबार २१:२७

विराटनगर । विराटनगरका शिक्षक तथा शिक्षासेवीहरूको सामूहिक लगानीमा मार्टस मेमोरियल प्लस टु सञ्चालनमा आएको छ ।
याे कलेजले आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्नेछ ।

विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने उद्देश्यका साथ करिब ७ करोड रुपैयाँको लगानीमा कलेजकाे संरचना निर्माण सुरु भएको छ ।

मार्टर्स मेमोरियल फाउण्डेसनले विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा निर्माण गर्न लागेको चारतले भवनको शनिबार शिलान्यास गरिएको हाे ।

आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन पूर्ण रूपमा वातानुकूलित, स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालासहितको हुने फाउण्डेसनका प्रिन्सिपल सीएम श्रेष्ठले जानकारी दिए ।

आउँदो शैक्षिक सत्रदेखि विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पठनपाठन सुरु गर्ने योजना छ ।

प्लस टु सञ्चालनका लागि विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जना शिक्षाकर्मीको सामूहिक लगानी रहेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×