अर्किड कलेजमा विद्यार्थी सम्मान:  विश्वकप पदक विजेतासहित १ सय विद्यार्थी पुरस्कृत

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १२, मंगलबार १७:१३
अर्किड कलेजमा विद्यार्थी सम्मान:  विश्वकप पदक विजेतासहित १ सय विद्यार्थी पुरस्कृत

विराटनगर । विराटनगरस्थित अर्किड कलेजले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना एक सयभन्दा बढी विद्यार्थीलाई एक समारोहका बीच नगदसहित सम्मान गरेको छ ।

कलेज परिसरमा आयोजित ‘विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ मा कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउनेदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरिएको हो । कलेजले आन्तरिक तथा बाह्य खेलकुद, वक्तृत्वकला, हाजिरीजबाफ, म्याराथन लगायतका विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

Advertisement

कार्यक्रममा भारतमा आयोजित ‘सुटिङ बल वर्ल्ड कप २०२६’ मा दोस्रो हुँदै रजत पदक विजेता खेलाडी दीपिका माझी र कांस्य पदक जितेकी सुस्मिता कामतलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी, हिसान स्पोर्ट्स मिट अन्तर्गत २ सय मिटर दौडमा प्रथम निरुता राजवंशी र १ सय मिटरमा प्रथम शर्मिला मोक्तानलाई पनि पुरस्कृत गरियो । महिला फुटबलतर्फ उपविजेता बनेको टोलीलाई समेत कलेजले सम्मान गरेको छ ।

कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा ११ र १२ का विद्यार्थी प्रशान्त धामी, प्रतीक काफ्ले, उपेश सदाय, उदयकुमार सोनार, दीपकुमार दास, समिर घिमिरे, तेजिना चौधरी, पिंकीकुमारी महतो, शंकर चौहान, परिणाम बुढाथोकी, अशोककुमार मण्डल र हस्तबहादुर बुढा क्षेत्रीलाई नगदसहित सम्मान गरिएको प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए ।

विद्यार्थीहरूलाई कलेजका अध्यक्ष अमित ढकाल, प्रिन्सिपल भट्टराई, निर्देशकहरू दीपेश बास्तोला, राजन दत्त, गजेन्द्र पण्डित, दुर्जेय थापालगायतले पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे ।

विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकायमा गरी १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत रहेको यस कलेजले विद्यार्थीको प्रतिभालाई उजागर गर्न वार्षिक रूपमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक बास्तोलाले भने, ‘अतिरिक्त क्रियाकलाप र शैक्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्दा उनीहरूको आत्मविश्वास बढ्छ नै, साथै अन्य विद्यार्थीलाई पनि आगामी दिनमा अझ राम्रो गर्ने प्रेरणा मिल्छ । विद्यार्थीलाई उत्प्रेरित गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।’

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×