
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६९ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने आज वृद्धि भएको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय २१ रुपैयाँ तोकिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको छ।



















