मार्टस मेमोरियलको अध्यक्षमा डंगोल नियुक्त 

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १६, शनिबार १६:२९
मार्टस मेमोरियलको अध्यक्षमा डंगोल नियुक्त 

विराटनगर । विराटनगरको मार्टस मेमोरियल फाउन्डेसनको अध्यक्षमा विष्णु डंगोल नियुक्त भएका छन् ।विराटनगरमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष डंगोलको पदस्थापन गरिएको हो ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय डंगोलको नेतृत्वमा फाउन्डेसनले विराटनगरमा नयाँ शैक्षिक योजना अघि बढाएको छ । आगामी नयाँ शैक्षिक सत्रदेखि विराटनगरमा  ‘मार्टस मेमोरियल प्लस टु’ सञ्चालनमा ल्याउने तयारी गरेको फाउन्डेसनले जनाएको छ । ३१ जना सञ्चालक रहेको यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको बताइएको छ ।

विराटनगरलाई शैक्षिक  ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यो परियोजना अघि बढाइएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगर –१० मा कलेजको अत्याधुनिक शैक्षिक भवन निर्माण भइरहेको छ ।

आगामी ३ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताएका, प्रिन्सिपल श्रेष्ठले भने,  ‘यो भवन पूर्ण रूपमा वातानुकूलित (एसी) हुनुका साथै यहाँ स्मार्ट कक्षा कोठा र आधुनिक प्रयोगशाला (ल्याब) को सुविधा रहनेछ ।’

गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना हुन लागेको यस कलेजले विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×