जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार ०९:३५
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण

काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले  ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् ।  जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले २ फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजितकुमार राईले जानकारी दिए ।

वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ जना सहभागी थिए । ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे ।

Advertisement

प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको  संघले जनाएको छ । सुजन सातौँ राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन् ।

तपाइको प्रतिक्रिया
मोरङको बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान
झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु
रवि लामिछाने विरुद्धको अभियोग संशोधन निर्णयमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ
देशभर हावाहुरीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
खोटाङको दिखुवा खोला पुल निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई चेतावनी
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
संसदीय यात्राको तयारीमा रास्वपा : १८२ सांसदलाई आजदेखि विशेष प्रशिक्षण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार हुँदै 
पाकिस्तानद्वारा काबुलको अस्पतालमा हवाई आक्रमण, ४०० को मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.