झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार ११:१६

काठमाडौं। काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा पूजा र शुभ–मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो।

ठूलो लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा रहेका छन्। चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक कथा नभएर समकालीन समाजको कथामा आधारित ‘सोसल ड्रामा’ रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा दीपाश्री निरौला र जनी गुरुङ महिला मुख्य पात्रका रूपमा देखिनेछन्।

वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको यस चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता काली रानी श्रेष्ठ हुन्। झापाका विभिन्न स्थानमा करिब ४० दिन छायांकन गरिने यस चलचित्रलाई श्याम तामाङले खिच्नेछन्।

नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय प्रविधिको प्रयोग गर्दै यो फिल्म ‘फूल डल्बी एट्मस साउन्ड’ मा तयार पारिनेछ। दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको एउटै पर्दामा उपस्थिति रहने भएकाले प्रदर्शनअघि नै यस चलचित्रको निकै चर्चा चुलिएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×