खोटाङको दिखुवा खोला पुल निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई चेतावनी

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १०:५९

खोटाङ। पूर्वाधार विकास कार्यालय खोटाङले दिखुवा खोलाको पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा नम्बर १५ विजयखर्कको सिमानामा पर्ने यस पुलको काम सन्तोषजनक नभएपछि कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।

पुल निर्माणको ठेक्का लिएको अंशुवी/नेपाल फूलबारी/पिंगला ज्वइन्ट भेन्चर सुनसरीलाई पत्राचार गर्दै ७ दिनभित्र बैंक ग्यारेन्टी जफत गर्नु नपर्ने कारण खुलाएर स्पष्टीकरण दिन निर्देशन दिइएको छ। हालसम्म मोटरेबल पुलको एकातर्फको फाउन्डेसन खन्ने कार्य समेत सम्पन्न हुन नसकेको र बाँकी समयमा सम्झौता बमोजिम काम सकिने आधार नदेखिएकाले स्पष्टीकरण सोधिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाट र प्रदेश सडक पुल सहयोग इकाइ इटहरीको साझेदारीमा यो ट्रस ब्रिज निर्माण सुरु गरिएको हो। दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक खण्डमा पर्ने यो पुल बनेमा दिक्तेलबाट रेग्मीटार पुग्न महुरे–बुइपा सडकभन्दा करिब १७ किलोमिटर छोटो दुरी हुनेछ।

साढे ५ करोड रुपैयाँको कुल लागतमा निर्माण हुने यस पुलका लागि प्रदेश सडक पुल सहयोग इकाइले २ करोड बढीको स्टिलका सामान उपलब्ध गराएको छ। निर्माण व्यवसायी बसन्त बुढाथोकीले गत पुस २३ गते सम्झौता गरेको यस पुलको शिलान्यास तत्कालीन मन्त्री भुपेन्द्र राईले गत जेठ १७ गते गरेका थिए। निर्माण कम्पनीले भने अधिकांश सामग्री निर्माणस्थलमा ल्याइएको भए पनि मेसिन अभावमा काम अघि बढ्न नसकेको जवाफ दिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.