चौतर्फी दबाबपछि पुनः सार्वजनिक भयो ब्रिज कोर्स र तयारी कक्षा बन्द गर्ने सूचना

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १७, मंगलबार ०६:१४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सम्बन्धी सूचना चौतर्फी चासो र दबाबपछि पुनः सार्वजनिक गरेको छ ।

मन्त्रालयले आइतबार जारी गरेको उक्त सूचना सोमबार बिहान हटाएको थियो । तर, दिनभरि विभिन्न क्षेत्रबाट प्रतिक्रिया र दबाब बढेपछि मन्त्रालयले सोमबार साँझ पुनः सूचना प्रकाशन गरेको हो । नयाँ सूचनामा आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार विद्यालय तथा उच्च शिक्षामा भर्नाअघि सञ्चालन हुने यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समान पहुँचमा बाधा सिर्जना गर्ने र अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने देखिएको निष्कर्ष निकालिएको छ ।

पछिल्ला वर्षहरूमा निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षाहरू महँगो हुँदै गएको तथा यसले शिक्षा प्रणालीमा असमानता बढाएको भन्दै सरोकारवालाहरूले आलोचना गर्दै आएका थिए । मन्त्रालयको पछिल्लो निर्णयले अब यस्तो अभ्यासलाई औपचारिक रूपमा अन्त्य गर्ने संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×