एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण, एक महिनाभित्र नतिजा

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १८, बुधबार १२:५३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०८२ को उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सबै केन्द्रमा परीक्षण गर्ने तयारी गरिएको छ । तर, शिक्षक अभाव वा असुरक्षा महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइको सहजीकरणमा अन्य स्थानमा परीक्षण गर्न सकिनेछ ।

यसअघि गोप्य रूपमा परीक्षण केन्द्र तोकी एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने प्रचलन थियो । ढिलो नतिजाका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परेको गुनासोपछि यसवर्ष नयाँ व्यवस्था लागू गरिएको हो । साथै, एसईईपछि सञ्चालन हुने ‘ब्रिज कोर्स’मा रोक लगाउने निर्णय पनि गरिएको छ ।

यसवर्ष चैत १९ गते बिहीबारदेखि परीक्षा सुरु हुँदैछ । देशभर १ हजार ९६६ केन्द्र तोकिएका छन् । जसमा एउटा केन्द्र जापानमा पनि रहेको छ ।

परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् ।

बोर्डले सबै तयारी पूरा भएको जनाउँदै परीक्षा शान्तिपूर्ण र भयरहित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याउनेदेखि कर्मचारी खटाउने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने सबै काम सम्पन्न भसकेको बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×