व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ, सम्पत्ति शुद्धीकरण विभागद्वारा अनुसन्धान सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १४:५६

काठमाडौं । चर्चित व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटनबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनलाई बिहीबार पाटन क्षेत्रबाट पक्राउ गरिएको हो।

यसअघि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो। भट्टमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा विभागले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया अघि बढाएपछि उनलाई निगरानीमा राखिएको थियो।

Advertisement

भट्टको राहदानी कालोसूचीमा राख्नका लागि सम्पत्ति शुद्धीकरण विभागले गत सोमबार अध्यागमनलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा उनको वैदेशिक यात्रामा रोक लगाउँदै राहदानी रोक्का गरिएको थियो।

भट्टमाथि राज्यका विभिन्न ठुला ठेक्कापट्टा र खरिद प्रक्रियामा अनुचित चलखेल गर्ने गरेको गम्भीर आरोप छ। राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति दिलाउनेदेखि ठेक्काको ‘सेटिङ’ मिलाउनेसम्मका कार्यमा उनी संलग्न रहेको आरोप लाग्दै आएको छ।

आफ्नो व्यावसायिक स्वार्थ अनुकूल सरकारी संयन्त्रलाई परिचालन गर्ने गरेको विषयमा उनी लामो समयदेखि विवादमा रहँदै आएका थिए। पक्राउ परेका भट्टमाथि अब कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.