शैक्षिक सत्र सुरु नभइकन विद्यार्थी भर्नाको सूचना निकाल्न रोक

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १६:४८

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित गर्ने कार्यमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाका लागि सूचना तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने आदेश शुक्रबार जारी गरेको हो । सर्वोच्चले हाल विभिन्न विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै भर्ना खुला गरिएको सूचना प्रकाशित गरेको पाइएकाले त्यसलाई तत्काल रोक्न आवश्यक देखिएको उल्लेख गरेको छ ।

आदेशअनुसार अब वार्षिक परीक्षा सम्पन्न भई नतिजा प्रकाशन भएपछि र नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउनुपर्नेछ । यसअघि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले पनि परीक्षा सकिएर नतिजा प्रकाशन भइसकेपछि मात्रै नयाँ सत्र २०८३ का लागि भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

तर, उक्त निर्देशन र शिक्षा नियमावली, २०५९ को व्यवस्था विपरीत केही विद्यालयहरूले समयअगावै भर्नासम्बन्धी सूचना प्रकाशन गरेको देखिएको अदालतले जनाएको छ । आदेशमा उल्लेख गरिएअनुसार विद्यार्थीको परीक्षाफल नै सार्वजनिक नभएको, शैक्षिक सत्र सुरु नभएको र आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा भर्ना सूचना निकालिनु नियमअनुकूल नभएको ठहर गरिएको छ ।

अदालतले शिक्षा नियमावली, २०५९ को नियम ७८ (१०) बमोजिम आवश्यक प्रमाणपत्र प्राप्त भएपछि र नियम ८४ (४) बमोजिम शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना सूचना र कार्यक्रम सार्वजनिक गर्नुपर्ने स्पष्ट पारेको छ । साथै, सम्पूर्ण विद्यालयमा एउटै मापदण्ड कायम गर्नुपर्नेमा जोड दिँदै सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।

यो आदेशसँगै शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना खुला गर्ने अभ्यासमा रोक लागेको छ । आगामी दिनमा विद्यालयहरूले कानुनी प्रावधानअनुसार मात्रै भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×