मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २२, आइतबार ०७:४२

विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट शनिबार साँझ साइकल यात्रीको मृत्यु भएको छ ।

रंगेली–कानेपोखरी सडक खण्डअन्तर्गत कानेपोखरी गाउँपालिका–५ मा दुर्घटना भएको हो । रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो ४ः३० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर साइकल यात्री कानेपोखरी–५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ साँझ ६ः२० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–५ का अन्दाजी ३० वर्षीय अभिषेक कार्की पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार कार्कीको अवस्था सामान्य छ । प्रहरीले मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.