
सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरीको सुरूङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ ।
बाख्रा खोज्न गोठतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए । हात्तीको आक्रमणबाट घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीयका अनुसार जङ्गल नजिक पुगेपछि हात्ती कराएको आवाज सुनेर चौधरीले पनि हात्तीले जस्तै आवाज निकालेर कराएका थिए । त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको बताइएको छ ।
चौधरीको मृत्यु भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
























