
काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त गरेको छ । सरकारले योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।
आयोग सदस्यहरूमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ललाई नियुक्त गरेको हो ।
थापाले भौतिक मन्त्रालयको सचिवबाट अवकास पाएका थिए । आचार्य अर्थशास्त्रका प्राध्यापक हुन् । गौचन विकास र र योजनासम्बन्धी अध्येता हुन् । अर्याल शिक्षाविद् हुन् । प्राडा झा इन्जिनियरिङ क्षेत्रका प्राध्यापक हुन् । डा मल्ल गैरसरकारी क्षेत्रमा क्रियाशिल थिए । मल्ल नेपाल लिडरसिप एकेडेमीमा आबद्ध थिए ।



















