सिकाइलाई व्यवहारिक बनाउँदै, विद्यार्थीले गरे अर्ग्यानिक केमेस्ट्रीको ‘पोस्टर प्रिजेन्टेसन’

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ०७:३४
सिकाइलाई व्यवहारिक बनाउँदै, विद्यार्थीले गरे अर्ग्यानिक केमेस्ट्रीको ‘पोस्टर प्रिजेन्टेसन’

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजका विद्यार्थीहरूले एक विशेष ‘पोस्टर प्रिजेन्टेसन’ कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत रसायन शास्त्रका विद्यार्थीहरूले अर्ग्यानिक केमिकल रियाक्सन सम्बन्धी आफ्नो प्रस्तुति दिएका हुन् ।

विद्यार्थीहरूले समूहगत रूपमा एउटा अर्ग्यानिक केमिकललाई अर्को अर्ग्यानिक केमिकलमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा रोचक र जानकारीमूलक पोस्टरहरू प्रस्तुत गरेका थिए । कलेजले पहिलो पटक आयोजना गरेको यस किसिमको रचनात्मक कार्यक्रम निकै प्रभावकारी देखिएको कलेज प्रशासनले जनाएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिँदै कलेजका निर्देशक पवन साहले अर्ग्यानिक केमेस्ट्रीको महत्वमाथि प्रकाश पारे । उनका अनुसार कक्षा १२ को बोर्ड परीक्षामा रसायन शास्त्रअन्तर्गत अर्ग्यानिक रियाक्सनबाट मात्रै करिब ६० प्रतिशत प्रश्नहरू सोधिने गरिन्छ ।

निर्देशक साहले भने, ‘विद्यार्थीहरूले एउटा औषधिबाट अर्को औषधि कसरी बनाउने, विषादीहरूको रूपान्तरण कसरी गर्ने र दैनिक जीवनमा प्रयोग हुने आधुनिक प्रविधिमा रसायनको भूमिका कस्तो हुन्छ भन्ने कुरा व्यवहारिक रूपमा सिकेका छन् । यसले उनीहरूको आगामी बोर्ड परीक्षामा समेत ठुलो सहयोग पुग्ने छ ।’

त्यसैगरी, कलेजका प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीको प्रस्तुतिले किताबी ज्ञानलाई व्यवहारिक सिकाइसँग जोड्न मद्दत पुगेको बताए । उनका अनुसार कार्यक्रममा कुल ११ वटा समूहले सहभागिता जनाएका थिए ।
प्रिन्सिपल दाहालले भने, ‘यस्ता कार्यक्रमले सिकाइलाई प्रभावकारी र दीर्घकालीन बनाउँछ । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला मिलेको छ ।’

प्रस्तुतिका आधारमा उत्कृष्ट हुने विद्यार्थीहरूको समूहलाई कलेजका तर्फबाट पुरस्कार समेत वितरण गरिएको थियो । सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक र रचनात्मक ढंगले प्रस्तुत गर्न पाउँदा विद्यार्थीहरू समेत निकै उत्साहित देखिएका थिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×