छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयमाथि कारबाही गर्न निर्देशन

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १८:५५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयमाथि कानुनी कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गर्दै निर्देशन दिएको हो । पत्रमा निजी तथा सार्वजनिक विद्यालयहरूले विद्यार्थी संख्याका आधारमा अनिवार्य रूपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था कार्यान्वयन भए–नभएको अनुगमन गर्न भनिएको छ ।

Advertisement

साथै, प्रदान गरिएको छात्रवृत्तिको विवरण तत्काल आईएमआईएस प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयहरूले गरिब, अपांगता भएका, महिला, दलित र जनजाति विद्यार्थीलाई प्राथमिकतामा राख्दै छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ ।

मन्त्रालयले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली अभिभावकले सजिलै हेर्न सक्ने गरी सार्वजनिक गर्न पनि विद्यालयलाई निर्देशन दिएको छ । साथै, छात्रवृत्ति वितरणको विवरण अद्यावधिक नगर्ने विद्यालयलाई तुरुन्त सुधार गर्न लगाउन स्थानीय तहलाई समन्वय र सहजीकरण गर्न भनिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×