एसईई नतिजा वैशाखभित्रै

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार १५:३३

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने तयारी भइरहेका छ ।

आगामी वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको हो । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका इन्ट्री तथा परीक्षणको कामलाई तीव्र पारिएको छ ।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा बोर्डका अनुसार यसपटक परीक्षार्थीहरूको उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो ।

बोर्डले निर्धारित समयमै नतिजा सार्वजनिक गर्न सबै प्राविधिक तथा प्रशासनिक कामलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ । उत्तरपुस्तिका संकलन, परीक्षण र अंक प्रविष्टि (इन्ट्री) कार्य अहिले अन्तिम चरणमा पुगेको जनाइएको छ ।

एसईई नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू आफ्नो शैक्षिक यात्राको अर्को चरणमा प्रवेश गर्नेछन् । यसै कारण नतिजालाई समयमै र त्रुटिरहित रूपमा सार्वजनिक गर्न बोर्डले विशेष सतर्कता अपनाइरहेको बताइएको छ ।

बोर्डले पछिल्ला वर्षहरूमा नतिजा प्रकाशन प्रक्रिया डिजिटल प्रणालीमार्फत गर्न थालेपछि समयमै नतिजा निकाल्न सहज भएको बताउँदै आएको छ । यस वर्ष पनि तोकिएको समयसीमाभित्र नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×