अनुशासन र व्यवहारिक ज्ञान नै सफलताको कडी

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार १३:२२
अरनिकोका विद्यार्थीका बिदाइः अनुशासन र व्यवहारिक ज्ञान नै सफलताको कडी

विराटनगर । विराटनगर–१० स्थित अरनिको सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा सहभागी हुन लागेका आफ्ना विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच बिदाइ गरेको छ ।

आगामी वैशाख १४ गतेदेखि सुरु हुने बोर्ड परीक्षामा सम्मिलित हुन लागेका विद्यालयको ३२ औँ ब्याचका १ हजार २ सय जना विद्यार्थीलाई शनिबार विशेष शुभकामनासहित बिदाइ गरिएको हो । स्कुलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अग्रजहरूको सम्मानमा सो सांस्कृतिक बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं स्कुलका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै अरनिकोले केवल किताबी ज्ञानमा मात्र सीमित नरही समयसापेक्ष व्यवहारिक शिक्षामा जोड दिएको बताए ।

यहाँबाट दीक्षित भएका विद्यार्थीहरूले स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्ति प्राप्त गरी मेडिकल र इन्जिनियरिङ जस्ता विषयहरूमा सफलता पाइरहेको कार्कीले प्रस्ट्याए । उनले भने, ‘तपाईंहरूको अनुशासन र लगनशीलताले नै भोलिको सुनौलो भविष्य तय गर्ने छ । परीक्षालाई बोझका रूपमा नलिनुहोस् । परीक्षामा आफूलाई सहज बनाउँदै परीक्षा दिए उत्कृष्ट अंक आउने छ ।’

सो अवसरमा शिक्षक विकास खनाल र नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले पनि विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए । उनीहरूले विद्यालयको गरिमालाई उच्च राख्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई हौसला प्रदान गरे ।

बिदाइ कार्यक्रमको अवसरमा कक्षा १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । परीक्षामा प्रथम हुने मन्जिला ओझा, द्वितीय हुने प्रतिमा रौनियार र तृतीय हुने प्राञ्जल नेपाललाई नगद पुरस्कारसहित सम्मान गरियो ।
बिदाइ भई जान लागेका विद्यार्थीहरू अनिक मण्डल, अर्पिता राजवंशी र मुस्कान गुप्ताले विद्यालयमा बिताएका दुई वर्षको अनुभव सुनाएका थिए । उनीहरूले अरनिको स्कुलको पढाइको वातावरण, शिक्षकहरूको सहयोग र व्यवहारिक सिकाइ पद्धतिले गर्दा आफूहरूमा आत्मविश्वास बढेको बताए । त्यस्तै, कक्षा ११ की विद्यार्थी सुन्निमा न्यौपानेले अग्रजहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ मन्तव्य राखेकी थिइन् ।

बिदाइ कार्यक्रमलाई थप उल्लासमय र स्मरणीय बनाउन विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

लामो समयदेखि गुणस्तरीय शिक्षामा आफ्नो छुट्टै पहिचान बनाएको अरनिको स्कुलले हरेक वर्ष विद्यार्थीहरूलाई यसरी नै प्रोत्साहन र मार्गदर्शनसहित बिदाइ गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×