प्रधानमन्त्रीद्वारा विश्वविद्यालय नेतृत्वसँग समन्वय

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १७:०८

काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)ले देशभरका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सोमबार सिंहदरबारमा सामूहिक छलफल गर्दै शैक्षिक क्षेत्रका समस्या समाधानमा सरकार सहयोगी रहने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवासमा आयोजित उक्त बैठकमा प्रधानमन्त्री स्वयं कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका प्रमुखहरू सहभागी थिए । छलफलमा शैक्षिक गुणस्तर, प्रशासनिक जटिलता, स्रोत अभाव, जनशक्ति व्यवस्थापन तथा नीतिगत अस्पष्टताजस्ता विषय उठाइएको थियो ।

Advertisement

उपकुलपतिहरूले संस्थागत सुधारका लागि तत्काल र दीर्घकालीन उपाय आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले सरकारसँग समन्वय अभाव, बजेट सीमितता र ऐन नियम कार्यान्वयनका समस्याका बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री शाहले उठाइएका विषयप्रति गम्भीरता देखाउँदै समाधान सम्भव रहेका विषयमा छिटो पहल गरिने बताएका छन् । साथै, जटिल समस्या समाधानका लागि नीतिगत समन्वय र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका थिए ।

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्वास्थ्य संस्थाका उपकुलपतिहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×