कोशीमा विद्यार्थी संगठनका अफिस, झन्डा र ब्यानर हटाउन प्रहरीको आग्रह

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ०६:४५

विराटनगर । कोशी प्रदेशका क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर र पर्चा–पम्प्लेट हटाउन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुलाई प्रहरीले यस्तो आग्रह गरेको हो । शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी सक्रिय रूपमा क्याम्पस केन्द्रित कारबाहीमा उत्रिने भएको हो । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न मुलुकभरका सबै प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले क्याम्पसहरूमा रहेका विद्यार्थी संगठनसँग सम्बन्धित सबै प्रकारका संरचना र प्रचार सामग्री हटाउन लगाउने भन्दै निर्देशन दिएका छन् । प्रहरी र क्याम्पस प्रशासनको समन्वयमा हाल विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले सञ्चालन गर्दै आएका अफिसहरू हटाउने, झन्डा र ब्यानर निकाल्ने तथा पर्चा–पम्प्लेट सफा गर्ने काम भइरहेको छ ।

कोशीमा प्रहरीले बिहीबारदेखि विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर र पर्चा–पम्प्लेट हटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत विद्यालय र क्याम्पसभित्र दलगत गतिविधि नियन्त्रण गर्दै शैक्षिक वातावरणलाई निष्पक्ष र अध्ययनमुखी बनाउने लक्ष्य लिइएको छ । सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी अघि बढाइरहेका बेला त्यसलाई कार्यान्वयनमा लैजान प्रहरी सक्रियता बढाइएको स्रोतले बतायो ।

विभिन्न दल सम्बद्ध विद्यार्थी संगठनहरुले भने सरकारको निर्णयको विरोध गरिरहेका छन् । शिक्षाविद्हरूले पनि शैक्षिक संस्थामा शान्त र अध्ययनमुखी वातावरण कायम गर्न सुरक्षा निकायको सक्रियता आवश्यक भए पनि विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा विवादास्पद हुन सक्ने बताएका छन् । उनीहरूले ‘नियन्त्रण र स्वतन्त्रता’ बीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

‘विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर र पर्चा–पम्प्लेट हटाउन लगाउने भनेर तालुक कार्यालयबाट निर्देशन आएको छ । निर्देशन कार्यान्वयन गर्न प्रहरी सक्रियता बढाइएको छ,’ स्रोतले भन्यो । यसको प्रभाव आगामी दिनमा क्याम्पसको वातावरण, विद्यार्थी राजनीति र समग्र शिक्षा प्रणालीमा प्रत्यक्ष रूपमा देखिने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×