त्रिभुवन विश्वविद्यालय : एलएलबी दोस्रो वर्षको प्रश्नपत्रमा गम्भीर त्रुटि

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार ०८:२१

विराटनगर । मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालनमा लापरबाही देखिएको छ । एलएलबी दोस्रो वर्षको ‘निर्वाचन कानुन’ (Election Law) विषयको परीक्षाको प्रश्नपत्रमा गम्भीर त्रुटि देखिएको हो ।

पाँचवटा प्रश्न सोधिएको परीक्षाको दोस्रो प्रश्नमा ‘फ्युचर’ (Future) लेख्नुपर्ने स्थानमा ‘फेलियर’ (Failure) लेखिएको थियो भने अर्को तेस्रो प्रश्नमा ‘इलाब्रेट’ (Elaborate) हुनुपर्ने ठाउँमा ‘इलेक्सन’ (Election) लेखिएको थियो छ । बिहीबार परीक्षा सुरु भएको करिब आधा घण्टापछि मात्र प्रश्नपत्रमा गल्ती भएको भन्दै सच्याउन लगाइएको थियो ।

परीक्षाको तनावपूर्ण वातावरणमा बसेका विद्यार्थीका लागि प्रश्नपत्रमा ‘फेलियर’ जस्ता शब्द देखिनु र अर्थ नै नलाग्ने गरी प्रश्न सोधिनुले विश्वविद्यालयको गुणस्तर र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ ।

प्राध्यापक डा. चन्द्र तिम्सिना यसलाई सामान्य त्रुटि मान्न तयार छैनन् । उनले यसलाई विद्यार्थीको भविष्यमाथिको खेलबाडका रूपमा टिप्पणी गरेका छन् । ुप्रश्नपत्र तयार गर्दा तहगत रूपमा ‘क्रस चेक’ हुने व्यवस्था हुन्छ । तर, यसरी अर्थ नै अनर्थ लाग्ने गरी त्रुटि हुनु गम्भीर विषय हो,’ डा. तिम्सिना भन्छन्, ‘प्रश्नपत्र विद्यार्थीले सहजै बुझ्ने भाषामा हुनुपर्छ । जार्गन शैली वा अस्पष्ट भाषाले विद्यार्थीलाई अलमलमा पार्छ ।’

उनले प्रश्नपत्र निर्माण गर्दा सरल र स्पष्ट भाषाशैली प्रयोग गर्नुपर्नेमा जोड दिए । एलएलबी दोस्रो वर्षको परीक्षा नियमित समयभन्दा निकै ढिलो अर्थात् १६ महिनापछि सञ्चालन भएको थियो । यसअघि गत वर्षको मंसिरमा प्रथम वर्षको परीक्षा भएको थियो ।

परीक्षा समयमा नहुँदा शैक्षिक क्यालेन्डर प्रभावित भइरहेको छ । शैक्षिक अभियान्ता योगराज दाहाल विश्वविद्यालयले साना र सामान्य देखिने तर दूरगामी असर पार्ने कुरामा ध्यान नदिँदा विद्यार्थीहरूले अनाहकमा दुःख पाइरहेको बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय कानुन संकायका डिन डा. दिनानाथ पराजुलीले त्रुटि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयमा बुझ्ने बताउँछन् । परीक्षासँग जोडिएका विषयहरू परीक्षा नियन्त्रण कार्यालय बल्खुले नै हेर्ने बताउँदै उनले प्रश्नपत्रमा भएको त्रुटिका विषयमा आफूले बुझ्ने प्रतिक्रिया दिए ।

यस्तो थियो प्रश्नपत्र

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×