दमकको विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १४:१९

विराटनगर । झापाको दमकस्थित एक सामुदायिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार विद्यालयमा निर्माण भएको नमुना विद्यालय भवनको काममा वास्तविक मूल्यांकनभन्दा बढी रकम देखाई झुट्टा बिल र भर्पाई तयार गरिएको पाइएको छ ।

सोही आधारमा बढी भुक्तानी लिई सरकारी तथा सार्वजनिक रकम हिनामिना गरिएको आरोप उनीहरूमाथि लागेको हो । त्यसैगरी, विद्यालयको नगद रकम पनि व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरी दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार करिब ९ लाख ३३ हजार रुपैयाँ बिगो कायम गर्दै कैद, जरिबाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ । विशेष अदालतमा दायर मुद्दा अब प्रक्रियागत सुनुवाइमा जानेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×