महेन्द्र मोरङको बीबीए’फेरवेल’का लागि होटल छनोट गर्दा ‘सेटिङ’ !

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १९:१८

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको बीबिए संकायले आयोजना गर्न लागेको विदाई र स्वागत कार्यक्रमका लागि होटल छनोट गर्ने प्रक्रिया विवादित बनेको छ । होटल छनोटका क्रममा मिलेमतो (सेटिङ) गरिएको र प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै कलेज प्रशासनमाथि मिलेमताेकाे गम्भीर आरोप लागेको हो ।

वैशाख १८ गते होटल मनास्लुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा करिब ६०० विद्यार्थी, शिक्षक र कर्मचारी सहभागी हुने तय भएको छ । सो कार्यक्रमका लागि प्रतिव्यक्ति २२ सय रुपैयाँका दरले होटल मनास्लुसँग सम्झौता गरिएको छ । तर, सुरुमा पेश भएका कोटेशनहरूलाई बेवास्ता गर्दै नियोजित रूपमा मनास्लुलाई छनोट गरिएको अन्य प्रस्तावकहरूको दाबी छ।

कार्यक्रमका लागि कलेजले होटलहरूसँग दररेट प्रस्ताव माग गरेको थियो । सुरुमा होटल मनास्लुले प्रतिव्यक्ति २३ सय रुपैयाँको प्रस्ताव पेश गरेको थियो । त्यस्तै, कञ्चनजंघा ब्यांक्वेटले २२५० र होटल श्रीकृष्णले २५५० रुपैयाँको दररेट प्रस्ताव गरेका थिए ।

न्यूनतम दररेट प्रस्ताव गर्नेलाई छनोट गर्नुपर्ने सामान्य प्रक्रिया भएपनि अन्तिम समयमा होटल मनास्लुलाई दररेट घटाउन लगाएर २२०० कायम गरी सम्झौता गरिएको  हाे । अन्य प्रस्तावकहरूले भने एक पटक कोटेशन पेश भइसकेपछि निश्चित होटललाई मात्रै मूल्य परिमार्जन गर्ने मौका दिनु ‘सेटिङ’ भएको भन्दै विरोध जनाएका छन् ।

कञ्चनजंघा ब्यांक्वेटका सञ्चालक अमिस बरालले कलेजले नियोजित रूपमा पहिले नै तय भएको होटललाई जिम्मा दिन प्रस्ताव फेर्न लगाएको आरोप लगाए ।

बीबिए कार्यक्रम संयोजक मोहन श्रेष्ठका अनुसार कञ्चनजंघा ब्यांक्वेटले पेश गरेको २२५० रुपैयाँ दररेट उल्लेख भएको ‘सक्कल’ कोटेशन फाइल क्याम्पस प्रमुखकै कार्यकक्षबाट हराएको थियाे । संयोजक श्रेष्ठले भने, ‘क्याम्पस प्रमुखको टेबुलबाटै फाइल हरायाे, पछि त्यसको फोटोकपी मात्र भेटिएको थियो ।’ उनले यसमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र क्याम्पस प्रमुखकै निर्देशनमा मनास्लुको दररेट घटाइएको दाबी गरे ।

आर्थिक अपारदर्शिताको प्रश्न उठेपछि संयोजक श्रेष्ठले आफू पारदर्शी रहेको स्पष्टीकरण दिएका छन् । उनले सुरुमा मनास्लुकै दररेट कम देखिएकाले क्याम्पस प्रमुखले दर घटाउन भन्नुभएको र त्यसैका आधारमा सम्झौता भएको बताए ।  वैशाख १८ गते हुने भनिएको यस कार्यक्रममा ४६५ विद्यार्थी र अन्य कर्मचारी गरी करिब ६०० जना सहभागी हुने उनले बताए ।

 भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस्

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×