‘एक विद्यार्थी, एक सीप’ : ग्रिनल्याण्डका विद्यार्थीलाई प्रविधि र सीपको ज्ञान

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ११:१३
 ‘एक विद्यार्थी, एक सीप’ : ग्रिनल्याण्डका विद्यार्थीलाई प्रविधि र सीपको ज्ञान

विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक सीपमा दक्ष बनाउने उद्देश्यले पाँच दिने ‘सीप विकास तालिम’ सम्पन्न गरेको छ ।

कलेजले अघि सारेको ‘एक विद्यार्थी, एक सीप’ कार्यक्रमअन्तर्गत कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीहरूलाई विभिन्न १४ प्रकारका आधुनिक एवं जीवनोपयोगी सीप प्रदान गरिएको हो ।

वैशाख १२ देखि १६ गतेसम्म सञ्चालित उक्त तालिमको समापनका अवसरमा विद्यार्थीहरूले आफूले सिकेका सीप र निर्माण गरेका प्रविधिहरूको प्रदर्शनीसमेत गरेका थिए ।

तालिमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल दिनेश दाहालले भने, ‘विद्यार्थीले डिग्री मात्र हासिल नगरुन्, उनीहरूसँग हातमा कुनै न कुनै सीप पनि होस् भन्ने हाम्रो चाहना हो । यो तालिमले उनीहरूलाई भविष्यमा व्यावहारिक जीवन जिउन र स्वरोजगार बन्न मद्दत पुर्‍याउने छ ।’ कलेजले यस प्रकारको तालिमलाई अब हरेक वर्ष निरन्तरता दिने समेत उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक पवन साहले वर्तमान शिक्षा प्रणालीमा सीपको अभाव रहेको चर्चा गरे । सरकारले पाठ्यक्रममै सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘अध्ययन सकेपछि जागिरकै भर पर्नुपर्ने अवस्था अन्त्य गर्न सीप अनिवार्य छ । सीपयुक्त जनशक्ति कहिल्यै बेरोजगार बस्नु पर्दैन ।’

नेपाल र भारतका १४ जना विज्ञ प्रशिक्षकहरूले विद्यार्थीलाई अत्याधुनिक प्रविधिबारे प्रशिक्षण दिएका थिए । विद्यार्थीहरूले स्मार्ट प्रविधि: स्मार्ट पार्किङ, स्मार्ट घर सञ्चालन र एआईमा आधारित वर्षा मापन प्रविधि । कृषि तथा वातावरण: माटो अनुगमन, स्मार्ट सिँचाइ प्रणाली, वनस्पतिको बोन्साइ प्रविधि र बिरुवामा कलमी लगाउने विधि । सुरक्षा र विपद्: बाढीको पूर्व सूचना दिने प्रविधि, ग्यास लिकेज पहिचान र गतिशील पहिचान प्रणाली र प्राविधिक सीप: एलइडी चिम निर्माण, वायु गुणस्तर अनुगमन र मौसम पूर्वानुमान प्रणालीको विशेष ज्ञान र सीप हासिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×