एभरेस्टका  विद्यार्थी  स्पेन जाँदै 

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार १७:३६
एभरेस्टका  विद्यार्थी  स्पेन जाँदै 

विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलका ७ विद्यार्थीसहित १० जनाको टोली स्पेन जाने भएको छ । स्पेनको बार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म) हुने युरोप मोडल संयुक्त राष्ट्र संघको सभामा भाग लिन एभरेस्टका विद्यार्थीहरू जाने भएका हुन् ।

संयुक्त राष्ट्र संघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेस्टका विद्यार्थीहरूले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै, युरोपियन मोडलको नमुना सभामा भाग लिन नेपालका ४ विद्यालयले सहभागिता जनाउने भएका हुन् । काठमाडौंको अक्षरा, भ्याली पब्लिक र वेदिक विद्यालय तथा  विराटनगरको एभरेस्ट स्कुल रहेका छन् ।

अमेरिका, युरोप, क्यानडा, टर्की, भारत र नेपालका गरी २० विद्यालयका विद्यार्थीको सहभागिता हुने उक्त नमुना सभामा नेपालबाट ३५ विद्यार्थीले सहभागिता जनाउने ग्लोबल हेल्प फाउन्डेसनका महासचिव कुँवर दिपांकरले जानकारी दिए । उनका अनुसार ति मध्ये एभरेस्ट स्कुलबाट ७  जना विद्यार्थीले सहभागिता जनाउने छन् । एभरेस्ट स्कुलका भाइस प्रिन्सिपल टी एन भण्डारीका अनुसार सक्षम कर्ण, आन्या कोइराला, सुयम काफ्ले, श्वेश्ना कर्ण, आर्जु सिग्देल, आयुष्मा जयसवाल, प्रेम खतिवडा, गीता ढकालका साथै भाइस प्रिन्सिपल द्वय भण्डारी र कुन्दन पुरी टोलीमा जाने छन् । उनीहरूले बार्सिलोनको सभापछि फ्रान्स, जर्मन, स्विट्जरल्याण्डको पनि अवलोकन भ्रमण गर्ने छन् ।

सभाले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान र समाधानका लागि विकल्पहरू खोज्न सिकाउने विद्यालयको विश्वास छ । यसले विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति नियम बुझ्न र समस्याहरूका विषयमा तार्किक विश्लेषण गर्ने क्षमताको विकास गराउने विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×