देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०७:०४

काठमाडौं । देशभरका सरकारी अस्पतालमा आज (शुक्रबार) ओपीडी (बहिरंग) सेवा सञ्चालन हुने भएको छ ।

सरकारले उभौली, बुद्ध जयन्ती र श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भए पनि अस्पतालमा ओपीडी सेवा भने सञ्चालन हुने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

शुक्रबारबाट लगातार तीन दिन सार्वजनिक बिदा परेपछि सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिदाका कारण नियमित ओपिडी सेवा प्रभावित हुने सम्भावना रहेकाले स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न अस्पतालहरूलाई सेवा सञ्चालन गर्न भनिएको हो ।

यस निर्देशनसँगै देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा नियमित रूपमा सञ्चालन हुने छ । स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यसहित मन्त्रालयले आवश्यक समन्वय गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.