
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत आज अंक तालिकाका पुछारमा रहेका दुई टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेलमा नेपाल ३७ रनले विजयी भएकाे थियाे । युएई भने पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बाट सुरु हुनेछ।
पछिल्ला ५ भेटमा नेपालले ३ खेल जितेको छ। बाँकीका दुई खेलमा भने युएईले बाजी मारेको छ । यद्यपि, हेड टु हेडमा भने नेपाल अगाडि छ । नेपालले १० खेल जित्दा युएईले ७ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ । यी दुई टोली लिग २ को अंक तालिकामा पुछारमा छन्। नेपाल २२ खेलबाट १४ अंक बटुल्दै सातौं स्थानमा छ। समान खेल खेलेको युएई १२ अंकसहित आठौं स्थानमा छ।



















