अनिवार्य सामुदायिक विद्यालयको नीति कडाइका साथ लागू गरिँदै

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार १४:३६

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सामुदायिक विद्यालयलाई मजबुत बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति कडाइका साथ लागू गर्ने भएको छ ।

गाउँपालिकाले २०७५ सालदेखि लागू गरेको उक्त नीति प्रभावकारी कार्यान्वयन नभएको गुनासो आएपछि अब नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गर्ने तयारी गरिएको हो । गाउँपालिकाका अनुसार सरकारी सेवा–सुविधा लिने व्यक्तिहरूले आफ्ना बालबालिका निजी विद्यालयमा पढाएको पाइएमा सेवा–सुविधा रोक्का गर्ने, करार कर्मचारीको करार नवीकरण नगर्ने तथा आवश्यक परे जनप्रतिनिधिलाई समेत निलम्बन गर्ने प्रक्रिया अघि बढाइनेछ ।

गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले सामुदायिक विद्यालयप्रति विश्वास बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न यो नीति अत्यावश्यक रहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गर्दै आएको छ । यसलाई अब कडाइका साथ कार्यान्वयन गरिन्छ ।’

गाउँपालिकाले विद्यालयमार्फत विवरण संकलन प्रक्रिया पनि सुरु गरेको छ । कुन जनप्रतिनिधि, कर्मचारी वा शिक्षकका बालबालिका कहाँ अध्ययनरत छन् भन्ने यथार्थ तथ्यांक संकलन गरिनेछ । तोकिएको समयभित्र विवरण नबुझाउने वा गलत विवरण पेस गर्नेहरूमाथि थप कारबाही हुने जनाइएको छ ।

छथर गाउँपालिकामा हाल ३७ वटा विद्यालय सञ्चालनमा छन् । पालिकाले यसअघि कक्षा ८ सम्म अनिवार्य शिक्षा, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान तथा शैक्षिक गुणस्तर सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×