झुन्डिएको बाटो भएर

Share this
745shares
मुलुकी खबर
विमल वैध्य
clock२०८३ वैशाख २६, शनिबार १४:२९
झुन्डिएको बाटो भएर
पहिरो झरेको छ
मैले हिँड्ने बाटोमा
धाँजा फाटेको छ
मैले उभिएको माटोमा
कुन बाटो भएर आउनु म तिमी सम्म !
आँखै अघि पानी  / पानी मात्रै छ
बाटो हराएर बाटैमा ,
भिर बनेर तुर्लुङ्ग झुन्डिएको छ।
दैव पनि रिसाएर
मेरै बाटो छेक्छ
आफन्त सँग रमाएर बस्दा
मै लाई अर्घेलो देख्छ
घर भन्नु के नै रहेछ र !
आफन्त भन्नू केही होइन रहेछ
पाइला / पाइलामा बतासले छेक्छ
कदम / कदममा बाढीले रोक्छ
जानू त माटो मै थियो ,
अथवा धूवाँ बनेर आकाशमा
यस्तो बेलामा
खरानीले पनि मलाई माटोमा खोज्छ।
कत्ति सपनाहरू थिए
पूरा गर्न बाँकी
कत्ति रहरहरू थिए
जो अधुरै रहे
एउटा न्यानो समय
तिमी सम्म पुर्‍याउनु थियो
प्रेमको बर्सादी ओढेर ,
तिमी छेउ पुग्नु थियो
अत्यास बनेर आयो समय
जोगाउन सकिन आफैलाई
त्रिपाल मुनि बसेर
बगिरहेको माटो हेर्दै
सम्झेको छु तिमीलाई
अवश्य नै हुनेछ भेट तिम्रो र मेरो
झरी रोकिए पछि ,
नहोस् घाटमा।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×