अर्किड कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १८:५९
अर्किड कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक भव्य समारोहबीच बिदाइ गरेको छ । कलेजले सोमबार आफ्नो १७ औँ ब्याचका ८५० विद्यार्थीहरूलाई सुखद भविष्यको कामना गर्दै बिदाइ गरेको हो ।

बिदाइ हुनेहरूमा विज्ञान संकायका २५० र व्यवस्थापन (म्यानेजमेन्ट) संकायका ६०० विद्यार्थी रहेका छन् । कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनोसहित बिदाइ गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले विद्यार्थीहरूलाई कडा मिहिनेत र लगनशीलता नै सफलताको मुख्य कडी भएको बताए । उनले भने, ‘मिहिनेतले नै मानिसलाई सफलताको शिखरमा पुर्‍याउँछ । अर्किड कलेजले सधैँ गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको छ । यहाँ सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै अघि बढ्न म सबैलाई आग्रह गर्दछु ।’

प्रिन्सिपल भट्टराईले बिदाइ भएर जाने विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकाल र पूर्वप्रिन्सिपल दीपेश बास्तोलाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिएका थिए । उनीहरूले जीवनमा आउने जुनसुकै चुनौतीहरूको सामना गर्न सक्ने क्षमता विकास गर्न र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने नागरिक बन्न विद्यार्थीहरूलाई प्रोत्साहित गरे ।

बिदाइ भई जान लागेका विद्यार्थीका तर्फबाट बोल्दै सरोज पौडेलले कलेजमा बिताएका दुई वर्ष निकै फलदायी र स्मरणीय रहेको बताए । उनले कलेजमा सिकेको अनुशासन र ज्ञानले आगामी दिनमा सही मार्ग निर्देशन गर्ने विश्वास व्यक्त गरे ।

औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले विभिन्न गीत, संगीत तथा आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रतिभा र कलाले कार्यक्रमलाई थप उल्लासमय र रोचक बनाएको थियो । शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम भावुक र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×