चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार ०९:४९
चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ 

विराटनगर । अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिदिम नगरपालिका–१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई शनिबार पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले जानकारी दिए ।

Advertisement

वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिटबाट बालकको ढाडभरि नीलडाम र चोट रहेको छ ।

शिक्षिका सेन्दाङविरुद्ध पीडित बालककी आमाले जाहेरी दर्ता गराएपछि पक्राउ गरेर शिक्षिका उपर ‘बालबालिकासम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डीएसपी कर्णले बताए । उनका अनुसार आइतबार पाँचथर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

डीएसपी कर्णले भने, ‘घटनापछि बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल भर्ना गरिएको थियो । उपचारपछि अवस्था सामान्य भएपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको छ । घटनाका जानकारी प्राप्त हुन साथ प्रहरी टोली बालकलाई हेर्दा ढाडमा नीलडाम देखिएको थियो ।’

पीडितकी आमाका अनुसार वैशाख ३० स्कुलमा छोराले लेख्न नजानेको भन्दै मिसले ढाडभरि नीलडाम हुने गरी कुटपिट गरेको बताइन् । स्कुलबाट आएपछि केही भनेको तर, अर्को दिन स्कुल जान मानेन र सोध्दा ढाड पोल्यो, दुख्यो भनेपछि जेठ १ गते अस्पताल भर्ना गरिएको थियो ।

अरू साथीहरूले लेख्न जाने मैले लेख्न नजानेपछि मिसले कुटेको आमालाई बालकले बताएको उनले भनिन् ।

 

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.