सिद्धिचरण श्रेष्ठका कविता : ‘बा आउनु भएको छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १५:२४

नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती आज ।श्रेष्ठकाे  जन्मजयन्तीमा उहाँद्वारा लिखित कविता प्रस्तुत गरेका छाैं ।

पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ-
बा आउनु भएको छैन ।

Advertisement

युग बद्लिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जंजीर टुटिसक्यो,
अझ पनि आजादी आएको छैन,
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनु भइरहेछ-
बा आउनु भएको छैन ।

हाम्रो बिचारको घुँयेत्रोले
हाम्रो कल्पनाको बज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बिहान आएको छैन
नयाँ युग आएको छैन
नयाँ दिन खुलेको छैन
आमा कराउनु भइरहेछ –
बा आउनु भएको छैन ।

तपाइको प्रतिक्रिया
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.